नियम २४
मानव मृत्युको कारण पहिचान
(१) स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य संस्थामा उपचार गराइरहेको अवस्थामा कसैको मृत्यु भएमा त्यस्तो मृत्युको कारण पहिचान गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम मृत्युको _ कारण पहिचान गर्न स्वास्थ्य संस्थाले विशेषज्ञको राय, परामर्श तथा प्रतिवेदन लिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिमको प्रतिवेदन समेतको आधारमा पहिचान गरिएको मृत्युको कारण: समेतको लिखित अभिलेख सम्बन्धित संस्थाले राख्नु पर्नेछ।